Oct 29 2026 | २०८३, कार्तिक १३ गते

२०८३, कार्तिक १३ गते
  • यो साता चर्चामा :
images

ओली लेख्नुहुन्छ– ‘म सँग कुरा गर्न तयार हो नी ?’

ओली लेख्नुहुन्छ– ‘म सँग कुरा गर्न तयार हो नी ?’

  • बिहिवार, कार्तिक ३ २०७९

  • 627
    SHARES

  • ओली लेख्नुहुन्छ– ‘म सँग कुरा गर्न तयार हो नी ?’

    काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि एक लाख ७१ हजार बढीले नाम र नम्बर टिपाएका छन्।

    ओलीले दुई दिनमा १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनले फेसबुकमार्फत् जानकारी दिनुभयो ।

    ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ। भोलि हाम्रो कुराकानी हुनेछ। हामी तयार छौं नि ?’अध्यक्ष ओलीले लेखेका छन्।

    ओलीले आफूसँग कात्तिक ४ गते कुराकानी गर्नका लागि नाम र नम्बर आफ्नो फेसबुक पेजमा पठाउन बुधबार सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए।


    बिहिवार, कार्तिक ३ २०७९०२:१४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij