काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गर्न अहिलेसम्म एक लाख बढीले विवरण टिपाएका छन् । बुधबार(आज) अपराह्न ४ बजेसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ ।
साथै भोलि मध्याह्न १२ बजेसम्म मात्र विवरण पठाउन सकिन जनाइएको छ । ‘यो उत्साहपूर्ण सहभागिताले खुसी छु । धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं’ ओलीको आधिकारिक फेसबुकमा भनिएको छ ।
शुक्रबार ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने तय भएको छ ।