Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नवौं राष्ट्रिय खेलकुद : पदक तालिकामा आर्मीको अग्रता कायमै

नवौं राष्ट्रिय खेलकुद : पदक तालिकामा आर्मीको अग्रता कायमै

  • बुधवार, कार्तिक २ २०७९

  • 478
    SHARES

  • नवौं राष्ट्रिय खेलकुद : पदक तालिकामा आर्मीको अग्रता कायमै
    काठमाडौं । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ८ सय ३३ पदकको छिनोफानो हुँदा आर्मीले १०० स्वर्ण, ७१ रजत र ४९ कास्य पदकसहित कुल २२० पदक हात पारिसकेको छ ।
     
    दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४२ स्वर्ण, ३७ रजत र ४६ कास्य पदकसहित १२५ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले ३४ स्वर्ण, ३८ रजत र ६३ कास्य पदकसहित कुल १३५ पदक हात परेको छ । यसैगरी गण्डकी प्रदेशले २२ स्वर्ण, १८ रजत र ३४ कास्यसहित कुल ७४ पदक जित्दा बागमती प्रदेशले १६ स्वर्ण, ३१ रजत र ३९ कास्य पदकसहित ८६ पदक आफ्नो पोल्टामा पारेको छ ।
     
    यता एनआरएनएले ९ स्वर्ण, ७ रजत, ६ कास्यसहित २२ पदक, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत २३ कास्यसहित ३५ पदक,  प्रदेश १ ले ५ स्वर्ण, १८ रजत र ३२ कास्य पदकसहित ५५ पदक, मधेश प्रदेश १ ले ५ स्वर्ण ७ रजत र २० कास्यसहित ३२ पदक जितेका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कास्यसहित ३८ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ८ कास्य पदकसहित ११ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरू जारी रहेका छन् भने बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा प्रतियोगिताको समापन हुँदैछ ।
     
     


    बुधवार, कार्तिक २ २०७९०३:५३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij