Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आर्मी पुरुष भलिबलको फाइनलमा

आर्मी पुरुष भलिबलको फाइनलमा

  • बुधवार, कार्तिक २ २०७९

  • 400
    SHARES

  • आर्मी पुरुष भलिबलको फाइनलमा

    काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनल प्रवेश गरेको छ ।

    बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै फाइन प्रवेश गरेको हो ।

    पोखरा रंगशालास्थित कोर्टमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले गुमाएको थियो ।

    तेस्रो सेटमा २५–२३ ले जितेको आर्मीले चौथो सेट २५–१९ ले जित निकाल्दै कम्तिमा रजत पदक पक्का गरेको हो ।

    आर्मीले आजै हुने दोस्रो सेमिफाइनल खेलको विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीचको विजेतासँग स्वर्णका लागि खेल्नेछ ।


    बुधवार, कार्तिक २ २०७९०३:३४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij