Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पुलिस क्लबकी चन्द्रकला लामगादेलाई ज्याभलिन थ्रोमा स्वर्ण पदक

पुलिस क्लबकी चन्द्रकला लामगादेलाई ज्याभलिन थ्रोमा स्वर्ण पदक

  • बुधवार, कार्तिक २ २०७९

  • 352
    SHARES

  • पुलिस क्लबकी चन्द्रकला लामगादेलाई ज्याभलिन थ्रोमा स्वर्ण पदक

    काठमाडौं । पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेकी छिन् ।

    बुधबार भएको खेलमा चन्द्रकलाले ४७ दशमलव ६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । पोखरा रंगशालामा चन्द्रकलाले आर्मी क्लबकी लक्ष्मी थारुले १३ औं सागमा बनाएको ४५ दशमलव २७ मिटरको कीर्तिमान भंग गरेकी हुन् ।

    यस स्पर्धामा लक्ष्मीले ४५ दशमलव ४९ मिटर थ्रो गर्दै रजत हात पारेकी छिन् । एपीएफकी सिमा चौधरीले ४५।२० मिटर थ्रो कास्य जितिन् । पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् ।


    बुधवार, कार्तिक २ २०७९०१:४३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij