Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सन्दीपलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

सन्दीपलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

  • बुधवार, कार्तिक २ २०७९

  • 745
    SHARES

  • सन्दीपलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति
    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  बुधवार(आज) जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिनुभएको हो । 
     
    प्रहरी वृत्त गौशालाले उनलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको सो मागमा अब्जेक्सन जनाउनुभएको थियो । 
     
    असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिनुभएको थियो । दोस्रोपटक २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो ।  नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
     
    १७ वर्षीया किशोरीले आफूलाई सन्दीपले बलात्कार गरेको भन्दै भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।  न्यायाधीश दाहालले आइतबार अनुसन्धान प्रतिवेदन सहित सन्दीपलाई उपस्थित गराउन आदेश गर्नुभएको छ ।
     


    बुधवार, कार्तिक २ २०७९१२:३७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij