Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नवौँ राष्ट्रिय खेलकुद : जयरानी थारुलाई ३ स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद : जयरानी थारुलाई ३ स्वर्ण

  • मंगलवार, कार्तिक १ २०७९

  • 319
    SHARES

  • नवौँ राष्ट्रिय खेलकुद : जयरानी थारुलाई ३ स्वर्ण

    काठमाडौं । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्समा जयरानी थारुले ३ स्वर्ण जितिसकेकी छिन् । आफूले खेलेका इभेन्टमा राष्ट्रिय कीर्तिमानसमेत बनाएकी २१ वर्षीया जयरानी नवौं राष्ट्रिय खेलकुदमा छाएकी छिन् ।

    तेस्रो पटक राष्ट्रिय खेलकुद खेलिरहेकी विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानीका अझै २ वटा स्पर्धा बाँकी छ । ४०० मिटर हर्डल्स, १०० मिटर हर्ल्डल्समा कीर्तिमानसहित स्वर्ण जितेकी उनले आज (मंगलबार) लङजम्पमा कीर्तिमानसहित अर्को स्वर्ण जितेकी हुन् ।

    हर्डल्सको दुवै विधामा आफ्नै कीर्तिमानमा सुधार गरेकी जयरानीले लङजम्पमा निशा चौधरीको कीर्तिमान तोडिन् । पोखरा रंगशालमा मंगलबार बिहान सम्पन्न लङजम्पमा लुम्बिनी प्रदेशकी निशा चौधरीलाई ९ सेन्टिमिटरले पछि पारिन् । काठमाडौंमा असारमा भएको १२औं राष्ट्रपति रनिङ शिल्डमा निशाले राखेको ५ मिटर ४७ सेन्टिमसटरको कीर्तिमान तोडेकी हुन् । जयरानीले ५ मिटर ५८ सेन्टिमिटर जम्प गरिन् ।

    ‘तीनवटा इभेन्टमा कीर्तिमानसहित स्वर्ण जित्दा एकदमै खुशी लागेको छ’, जयरानीले छोटो प्रतिक्रिया दिँदै भनिन् ।

    जयरानीले एथ्लेटिक्स खेल्न थालेको ८ वर्ष भयो । सातौंदेखि राष्ट्रिय खेलकुदमा सहभागिता जनाएकी उनले आठौं राष्ट्रियमा स्प्रिन्ट र लङजम्प विधामा प्रतिस्पर्धा गरेकी थिइन् ।


    मंगलवार, कार्तिक १ २०७९०४:३६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij