Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आफूसँग लाइभ डिबेटमा आउन प्रधानमन्त्री देउवालाई ओलीको चुनौती

आफूसँग लाइभ डिबेटमा आउन प्रधानमन्त्री देउवालाई ओलीको चुनौती

  • मंगलवार, कार्तिक १ २०७९

  • 705
    SHARES

  • आफूसँग लाइभ डिबेटमा आउन प्रधानमन्त्री देउवालाई ओलीको चुनौती

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौती दिनुभएको छ । सामाजिक सञ्जालमा आफूलाई लाइभ डिबेटमा आउन धेरै जनाले आग्रह गरेको र धेरैले प्रधानमन्त्री देउवासँगको लाइभ डिबेटका लागि सुझाव दिएको ओलीको भनाइ छ।

    सामाजिक सञ्जालमा नै एक सन्देश लेख्दै ओलीले आफू लाइभ डिबेटका लागि तयार भएको बताउनुभएको छ । ‘म त यसका लागि तयार छु, देउवाजी नि ?’ ओलीले प्रश्न गर्नुभएको छ ।

    ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि ? ’ उहाँले लेख्नुभएको छ ।


    मंगलवार, कार्तिक १ २०७९०२:४५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij