काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा तीन खेलाडी घाइते भएपछि म्याट निकालिएको छ ।
पोखरा रंगशालामा एपीएफ र लुम्बिनी प्रदेशबीचको खेल दौरान म्याट नमिलेको कारण तीन खेलाडी घाइते भएका हुन् ।
एपीएफका टेकराज अवस्थी र रुपिन्द्र गैरी घाइते भएका हुन् ।
यस्तै लुम्बिनीका विजय परियार पनि घाइते भएका छन् ।