Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

५ हजार घुससहित पर्साको प्रशासन कार्यालयबाट कम्प्युटर अपरेटर पक्राउ

५ हजार घुससहित पर्साको प्रशासन कार्यालयबाट कम्प्युटर अपरेटर पक्राउ

  • सोमवार, आश्विन ३१ २०७९

  • 421
    SHARES

  • ५ हजार घुससहित पर्साको प्रशासन कार्यालयबाट कम्प्युटर अपरेटर पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ ।

    अख्तियारको हेटौडा कार्यालयको टोलीले आज प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

    सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

    उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताउनुभयो ।


    सोमवार, आश्विन ३१ २०७९०३:५२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij