Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्कटल्याण्डसँग वेस्ट इन्डिज पराजित

स्कटल्याण्डसँग वेस्ट इन्डिज पराजित

  • सोमवार, आश्विन ३१ २०७९

  • 416
    SHARES

  • स्कटल्याण्डसँग वेस्ट इन्डिज पराजित

    काठमाडौं । स्कटल्याण्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा सुखद सुरुआत गरेको छ। आज भएको खेलमा पूर्व च्याम्पियन वेस्ट इन्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले सुखद सुरुआत गरेको हो ।

    स्कटल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८.३ ओभरमा अलआउट हुदै १ सय १८ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि पूर्व कप्तान जासन होल्डरले ३८ रन बनाउँदा कायल केयर्सले २० रन बनाए । ब्राण्डन किंग्सले १७ रन जोड्दा ईभान लुईसले १४ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    वेस्ट इन्डिजलाई कम स्कोरमा रोक्न स्कटल्याण्डका मार्क वाटले ३ तथा ब्राड होल र मिचेल लिग्सले समान २र२ विकेट लिए । सफियान सरिफ र जोस डाभियले समान १र१ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । स्कटल्याण्डका लागि जर्जि मुन्सेले अविजित ६६ रनको अर्धशतकीय ईनिङ खेले । उनले ९ चौकाको मद्दतले अर्धशतक बनाए । कलुम म्याकलोडले २३ रन बनाउँदा मिचेल जोन्सले २० रन बनाएका थिए ।

    क्रिस ग्रिभ्स र कप्तान रिचि बेरिङ्टनले समान १६र१६ रन बनाएका थिए । वेस्ट इण्डिजका लागि अल्जारी जोसेफ र जासन होल्डरले समान २र२ तथा आडेन स्मिथले १ विकेट लिए ।

    जितसँगै स्कटल्याण्ड समूह ुबीु को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार नै हुने दोस्रो खेलमा समूह ुबीु का जिम्बाबे र आयरल्याण्ड खेल्दै छन् ।


    सोमवार, आश्विन ३१ २०७९०२:४८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij