Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नवौँ राष्ट्रिय खेलकुदमा ८६ पदकसहित आर्मी शीर्षस्थानमा

नवौँ राष्ट्रिय खेलकुदमा ८६ पदकसहित आर्मी शीर्षस्थानमा

  • सोमवार, आश्विन ३१ २०७९

  • 574
    SHARES

  • नवौँ राष्ट्रिय खेलकुदमा ८६ पदकसहित आर्मी शीर्षस्थानमा
    काठमाडौं । गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ ।
     
    आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ कास्यसहित ८६ वटा पदक जितेको छ । यस्तै, दोस्रोमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० वटा पदक जितेको छ ।
     
    नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यसहित ३५ पदक, वाग्मतीले १० स्वर्णसहित ३६, गण्डकीले आठ स्वर्णसहित २८ र एनआरएनएले चार स्वर्णसहित ११ पदक जितेका छन् । यस्तै, मधेस प्रदेशले दुई स्वर्णसहित आठ र सुदूरपश्चिमले एक स्वर्णसहित १० पदक जितेका छन् । 
     
    लुम्बिनी प्रदेश र कर्णाली प्रदेशले स्वर्ण पदक जित्न सकेका छैनन् । लुम्बिनी प्रदेशले ६ रजत र ४ कास्य गरी कूल १० पदक जित्दा कर्णाली प्रदेश १ कास्य मात्रै जितेर पुछारमा छ।
     


    सोमवार, आश्विन ३१ २०७९०८:१६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij