Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पहिरोमा परहेकाहरुको उद्धारमा हिँडेको सेनाको गाडी नै पहिरोमा, ३ जना घाइते

पहिरोमा परहेकाहरुको उद्धारमा हिँडेको सेनाको गाडी नै पहिरोमा, ३ जना घाइते

  • शनिवार, आषाढ २० २०७७

  • 963
    SHARES

  • पहिरोमा परहेकाहरुको उद्धारमा हिँडेको सेनाको गाडी नै पहिरोमा, ३ जना घाइते


    बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको सेनाको गाडी नै पहिरोमा परेको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी माथिबाट खसेको पहिरोमा पर्दा ३ जना घाइते भएका छन् ।

    शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो खस्दा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

    पहिरोले १७ घर पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ । पहिरोले घर पुरिएको खबर पाउनसाथ घटनास्थलतर्फ गएको सैनिक सवारी गाडी नै पहिरोमा परेको हो ।


    शनिवार, आषाढ २० २०७७०१:४२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij