Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

  • आइतवार, आश्विन ३० २०७९

  • 334
    SHARES

  • प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

    काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको दुर्घटनामा परी मृत्यु भएको छ ।

    प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

    पोखरा–१० अस्पताल चोक बस्ने उनी सराङकोटमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङ अनियन्त्रित भएपछि उडेको ५ करिब मिनेटमै खसेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

    ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा उनी अन्दाजी १०० मिटर माथिबाट खसेका हुन् । ग्लाइडर दुर्घटनामा परेपछि उनलाई सराङकोटबाट तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो ।

    चिकित्सकले उपचारको क्रममा १२ बजेर ४५ मिनेटमा उनलाई मृत घोषित गरेका हुन् ।


    आइतवार, आश्विन ३० २०७९०१:५४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij