Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

इच्छाराज तामाङलाई थुनामै राख्न विशेष अदालतको आदेश

इच्छाराज तामाङलाई थुनामै राख्न विशेष अदालतको आदेश

  • शुक्रवार, आश्विन २८ २०७९

  • 754
    SHARES

  • इच्छाराज तामाङलाई थुनामै राख्न विशेष अदालतको आदेश

    काठमाडौं । इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले तामाङलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

    ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सेभिङ एन्ड क्रेडिट को– अपरेटिभका अध्यक्ष तामाङसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा प्रवाह गरी तामाङले सर्वसाधारणको रकम अपचलन र हिनामिना गरेको र त्यस्तो रकम आफ्ना विभिन्न व्यावसायिक कम्पनीहरुमा लगानी गरेको आरोपमा भन्दै उनीविरुद्ध ठगी र संगठित अपराधको मुद्दामा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

    तामाङ र केशवलाल श्रेष्ठले ती कसुरबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रुपन्तरण समेतका निषेधित कार्यहरु गरी सम्पत्ति शुद्धीकरणको कसुर गर्ने मनसायले आफ्ना परिवारका मानिसहरुबीच अशंबण्डा गरी आप्नो र परिवारका मानिहरु संलग्न रहेका सिभिल होम्स प्रालि लगायतको कम्पनीहरुमा गैरकानुनी स्रोतको रकम लगानी गरी सम्पत्तिहरु लुकाइछिपाइ राखेर सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोग लगाएको थियो ।

    विभागले सम्पत्ति शुद्धीकरणको मुद्दामा ६ जना प्रतिवादीबाट कूल ४ अर्ब ९७ करोड ७७ लाख ९९ हजार १७२ रुपैया बिगो दाबी गरिएको छ । साथै, उनीहरुलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको सजाय माग गरिएको हो ।


    शुक्रवार, आश्विन २८ २०७९०४:०८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij