Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री राउतले बर्खास्त गरे कांग्रेसका ३ मन्त्री

मुख्यमन्त्री राउतले बर्खास्त गरे कांग्रेसका ३ मन्त्री

  • शुक्रवार, आश्विन २८ २०७९

  • 815
    SHARES

  • मुख्यमन्त्री राउतले बर्खास्त गरे कांग्रेसका ३ मन्त्री

    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ।

    कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरूलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भन्नुभएको थियो । तर राजीनामा नदिएपछि बर्खास्त गरेका एक मन्त्रीले जानकारी दिनुभयो।

    प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।

    बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।

    ३ मन्त्री बर्खास्त गरेको पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख कार्यालयमा पठाउनुभएको छ । ती मन्त्रालयहरूको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्नुहुने छ ।

     

    madhesh-sarkar.jpg


    शुक्रवार, आश्विन २८ २०७९०२:१०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij