Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीले टिकट नदिएकोमा भीम रावल आक्रोशित, भन्छन्ः ओलीको यो कार्य अन्यायपूर्ण

ओलीले टिकट नदिएकोमा भीम रावल आक्रोशित, भन्छन्ः ओलीको यो कार्य अन्यायपूर्ण

  • बिहिवार, आश्विन २७ २०७९

  • 994
    SHARES

  • ओलीले टिकट नदिएकोमा भीम रावल आक्रोशित, भन्छन्ः ओलीको यो कार्य अन्यायपूर्ण

    काठमाडौँ । एमालेका नेता भीम रावलले एकल सिफारिस हुँदा पनि उम्मेदवार नबनाएकोमा आक्रोश व्यक्त गर्नुभएको छ । रावलले काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले अन्यायपूर्ण, स्वेच्छाचारी निर्णय गरिरहेको भन्दै कडा आलोचना गर्नुभएको हो ।

    रावलले आफूलाई टिकट नदिएकोप्रति भन्नुभयो, “अछाम १ बाट एमालेका निम्ति कुनै योगदान नगरेको, सिफारिस नै नगरेको व्यक्तिलाई टिकट दिइयो । पार्टी पदाधिकारी र ओलीले गरेको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत छ ।”

    पार्टीमा विधि र अनुशासन कायम नरहेको रावलको भनाई छ । उहाँले पार्टीमा परामर्श नै नहुने गरेको र आफूविरुद्ध अनावश्यक भ्रम फैलाउने काम भएको बताउनुभएको छ ।

    आफूलाई प्रतिनिधिसभा सदस्यका लागि अछाम १ बाट टिकट नदिनु सुदूरपश्चिमका नेता र कार्यकर्ताको घोर अपमान भएको, पार्टीको हित र एकतामा आँच पु¥याएको रावलले बताउनुभयो ।


    बिहिवार, आश्विन २७ २०७९०१:३९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij