Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाढीले बस्ती नै बगाउँदा बागलुङमा कम्तीमा ११ जना सम्पर्कविहीन, एक जनाको शव भेटियो

बाढीले बस्ती नै बगाउँदा बागलुङमा कम्तीमा ११ जना सम्पर्कविहीन, एक जनाको शव भेटियो

  • बिहिवार, भाद्र १८ २०७७

  • 1.6K
    SHARES

  • बाढीले बस्ती नै बगाउँदा बागलुङमा कम्तीमा ११ जना सम्पर्कविहीन, एक जनाको शव भेटियो

    छविलाल पाण्डे , बाग्लुङ । निरन्तरको वर्षासंगै गएराति साढे ११ बजेतिर आएको बाढीले बागलुङको ढोरपाटन नगरपािलका ९ भुजीखोलामा रहेको बस्तीहरु नै बगाएको छ ।

    बाढीले ठूलो जनधनको क्षती भएको घटनास्थलमा रहेकाहरुले जानकारी दिएका छन् । विस्तृत विवरण आउन बाँकी भएपनि प्रारम्भीक विवरण अनुसार अहिलेसम्म कम्तीमा ११ जना सम्पर्क विहिन रहेको र एक जनाको शव भेटिएको स्थानीयले जनाएका छन् ।

    बाढीले खोला किनारमा रहेका थुप्रै बस्तीहरु बगाएको छ । ढोर देउरालीबाट झरेको बाढी र पहिरोले पु¥याएको क्षती अकल्पनीय भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताउनुभयो ।

    ढोरपाटन नगरपािलका ९ साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोत, दोगाडी लगाएतका गाउँहरुमा भुजी खोला किनारमा रहेको बस्ती बाढीले बगाएर जनधनको ठुलो क्षती भएको हो ।

    स्थानियले दिएको जानकारी अनुसार ११ जना सम्पर्क विहीन भएका छन् । एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउससम्म बगाएकोमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा प्रहरी टोलीबिहान ५ बजे देखिनै उद्दारका लागी घटना स्थलतर्फ गएको छ ।




    बिहिवार, भाद्र १८ २०७७०७:१६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij