Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भीम रावलले पाएनन् टिकट

भीम रावलले पाएनन् टिकट

  • शुक्रवार, आश्विन २१ २०७९

  • 1.2K
    SHARES

  • भीम रावलले पाएनन् टिकट

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

    ‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज हुनुहुन्छ ।

    अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाउनु भएको हो ।
    एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गर्नुभएको बताईएको छ।

    अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो


    शुक्रवार, आश्विन २१ २०७९०५:४६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij