काठमाडौं । यही असोज २३ गते आइतबार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारले १८ बुँदे स्वःघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले शुक्रबार(आज) विज्ञप्ति निकालेर मंसिर ४ गते हुने चुनावका लागि उम्मेदवारले मनोनयनपत्रसँगै स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने जनाएको छ ।
उम्मेदवार दर्ताको दुई दिनअघि आयोगले विज्ञप्ति जारी गर्दै उम्मेदवार बन्नेहरूले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने छ । उम्मेदवार कुनै संघीय कानुनले अयोग्य नभएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि २३ गते बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सक्नेछन् । आयोगले मनोनयन दर्ता गर्नु अगावै स्पष्ट भई स्वः घोषणापत्रमा दस्तखत गर्नुपर्ने जनाएको छ ।
यस्ता छन् उम्मेदवारले गर्नुपर्ने स्वः घोषणा: