Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१७ वर्ष मुनिको एसियन कप छनोटको दोस्रो खेलमा आज नेपाल र भियतनाम भिड्दै

१७ वर्ष मुनिको एसियन कप छनोटको दोस्रो खेलमा आज नेपाल र भियतनाम भिड्दै

  • शुक्रवार, आश्विन २१ २०७९

  • 626
    SHARES

  • १७ वर्ष मुनिको एसियन कप छनोटको दोस्रो खेलमा आज नेपाल र भियतनाम भिड्दै

    काठमाडौं । एएफसी १७ वर्ष मुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।

    फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली भियतनामविरुद्ध नेपाललाई जित्न भने सहज छैन ।

    यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो । भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजक भियतनामले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो ।

    समूह ‘एफ’ मा रहेको नेपाल अङ्कबिहीन रहँदै तेस्रो स्थानमा रहेको छ भने भियतनाम ३ अङ्क जोडेर शीर्ष स्थानमा छ । थाइल्याण्ड भने दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले आइतवार चाइनिज ताइपेसँग खेल्नेछ ।

    छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।


    शुक्रवार, आश्विन २१ २०७९०९:३०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij