Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने असोज २० गते नेपाल आइपुग्ने

सन्दीप लामिछाने असोज २० गते नेपाल आइपुग्ने

  • शनिवार, आश्विन १५ २०७९

  • 473
    SHARES

  • सन्दीप लामिछाने असोज २० गते नेपाल आइपुग्ने

    काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने जनाएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत् उनले अक्टोबर ६ अर्थात् असोज २० गते देश फर्कने बताएका हुन् ।

    केही दिन अगाडि उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेशन’ मा बस्नु परेकाले नेपाल आउन केही ढिला भएको उल्लेख गरेका थिए । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेले आफूमाथि लागेको आरोप झुटो भएको र त्यसको प्रतिवाद गर्ने बताउँदै आएका छन् । उनले देश फर्केपछि आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । साथै उनले छिटोभन्दा छिटो न्याय पाउनेमा आशावादी रहेको पनि उल्लेख गरेका छन् ।

    लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको छ । नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनलाई फरार सूचीमा राख्दै केही दिनअघि डिफ्युजन नोटिस जारी गरेको हो ।

    गएको भदौ ५ गते काठमाण्डौको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । त्यसपछि उनी फरार छन् ।

     


    शनिवार, आश्विन १५ २०७९११:२८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij