Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

समानुपातिक प्रणाली कसैको दाईजो होईन : डा चन्द्र भण्डारी

समानुपातिक प्रणाली कसैको दाईजो होईन : डा चन्द्र भण्डारी

  • मंगलवार, आश्विन ११ २०७९

  • 1.7K
    SHARES

  • समानुपातिक प्रणाली कसैको दाईजो होईन : डा चन्द्र भण्डारी

    काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले समानुपातिक प्रणाली कसैको दाईजो नभएकाले मनलाग्दी बाँड्न नपाउने चेतावनी दिनु भएको छ ।

    संसदमा प्रतिनिधित्व गराउनु पर्ने बर्ग तथा समुदायलाई समेट्नका लागि ल्याइएको समानुपातिक प्रणालीको दुरुपयोग भएको उहाँको भनाई थियो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, यो प्रणाली कसैको दाईजो होईन, मनलाग्दी बाड्न मिल्दैन, यसको आफ्नै मर्म र उद्धेश्य छ ।

    उहाँले पार्टी भित्र समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग नहोस भनेर खवरदारीको आवाज उठेको बताउनु भयो । पार्टीलाई कमजोर नबनाईयोस भनेर आवाज उठाउनेहरुले पार्टीलाई कमजोर बनाउने कुरै नहुने नेता भण्डारीको भनाई छ ।

    पार्टी भित्रको विक्रिती विसंगती न्युनिकरण गर्नका लागि भइरहेको गतिविधिलाई किचलो र विवादको रुपमा लिन नहुने उहाँले तर्क गर्नुभयो ।

    देशभरी युवालाई स्थान दिनुपर्ने आवाज उठिरहेकाले काँग्रेसले पनि नयाँ र युवाहरुलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
    पार्टी भित्र सबैलाई समान अवसर र न्याय दिन सकेमा मात्रै काँग्रेस मजबुद हुने भएकाले नेतृत्वले त्यस तर्फ ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।


    मंगलवार, आश्विन ११ २०७९०९:२८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij