Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मनास्लु आधार शिविरमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै

मनास्लु आधार शिविरमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै

  • सोमवार, आश्विन १० २०७९

  • 512
    SHARES

  • मनास्लु आधार शिविरमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै
    काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।
     
    सोमबार(आज) चुमनुब्री गाउँपालिका–१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिनुभयो । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उहाँले बताउनुभयो ।
     
    पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ । यस सिजनमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि अनुमति दिइएको छ । 
     
    सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको बताउनुभएको छ ।
     
    यस पटक शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ । विभागका निर्देशक खतिवडाका अनुसार, शुक्रबारसम्म १५ हिमाल आरोहणका लागि ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति जारी गरिएको छ ।
     
    विभागका अनुसार, यी आरोहण दलमा १ सय २३ महिला र ३ सय ८३ पुरुषसहित ५ सय ६ जना सदस्य रहेका छन् । यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा आरोहण दललाई अनुमति दिइएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।
     
     


    सोमवार, आश्विन १० २०७९०१:४६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij