Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै

हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै

  • आइतवार, आश्विन ९ २०७९

  • 2.2K
    SHARES

  • हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै
    काठमाडौं । असोज ११ गते मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्नुहुने भएको छ । मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्नुहुने भएको हो । 
     
    आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले सम्हाल्नुहुने छ। यद्यपि अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि असोज ११ गतेदेखि नै हालका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हाल्न लाग्नुभएको हो ।
     
    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ । महाभियोगको टुङ्गो नलागेकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा हुनुहुन्छ ।
     
    जबराको निलम्बनपछि ७ महिनाभन्दा बढी समय दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको थियो । यद्यपि महाभियोगको टुङ्गो नलागेकै कारण उहाँ प्रधानन्यायाधीश नबनी बिदा हुन लाग्नुभएको हो ।  असोज १६ गतेदेखि कार्की पूर्णरुपमा कामु प्रधानन्यायाधीश बन्नुहुने छ भने विश्वम्भरप्रसाद श्रेष्ठले वरिष्ठतम न्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुने छ। 


    आइतवार, आश्विन ९ २०७९०४:५४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij