Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अवकाश प्राप्त सेनाको मागका पक्षमा सकारात्मक छुँ : प्रचण्ड

अवकाश प्राप्त सेनाको मागका पक्षमा सकारात्मक छुँ : प्रचण्ड

  • आइतवार, आश्विन ९ २०७९

  • 618
    SHARES

  • अवकाश प्राप्त सेनाको मागका पक्षमा सकारात्मक छुँ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।

    अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई सम्बोधनपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताउनुभएकोे हो ।

    उहाँले भन्नुभयो, “उहाँहरुको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो । यसमा मैले सङ्गठनमा बस्ने मिल्छ । निर्वाचन लड्न पनि मिल्छ भनेको छु ।” पूर्व सेनाको सङ्गठनमा बसेर समेत काम गर्नसक्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरुको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए । तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन् । पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन आएका दाहाल दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ ।

    अध्यक्ष दाहालले आज माछा व्यवसायीसँग समेत भेट गर्नुभएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्षसहितको टोलीलाई भेट्दै उहाँले माछा व्यवसायीहरुको माग सम्बोधन गर्न राज्य लाग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “नीति निर्माणको काम सम्पन्न भएको छ । कार्यान्वयनमा नजाँदा समस्या आएको हो ।”

    माछा व्यवसायीले भन्सार छलि आएका माछाका कारण स्वदेशी माछाले बजार पाउन नसकेको गुनासो गर्नुभयो । संघका अध्यक्ष खगेन्द्र सुवेदीले भारतबाट आयातित अस्वस्थकर माछा नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।


    आइतवार, आश्विन ९ २०७९०२:११:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij