Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा चुनावी झगडा बढ्दो, टिकट वितरणमा न्याय नभए प्रतिकार गर्ने  शेखर पक्षको चेतावनी (खास खबर)

कांग्रेसमा चुनावी झगडा बढ्दो, टिकट वितरणमा न्याय नभए प्रतिकार गर्ने  शेखर पक्षको चेतावनी (खास खबर)

देउवालाई १६ असोजको डेडलाइन
  • शनिवार, आश्विन ८ २०७९

  • 757
    SHARES

  • कांग्रेसमा चुनावी झगडा बढ्दो, टिकट वितरणमा न्याय नभए प्रतिकार गर्ने  शेखर पक्षको चेतावनी (खास खबर)
    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा न्यायोचित टिकट बाँडफाँटका लागि नेपाली कांग्रेसटका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन शेखर कोइराला पक्षका नेताहरूले आज खबरदारी सभा गरेका छन् । कांग्रेसभित्र संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै कोइराला पक्षका नेताले आज काठमाडौंमा खबरदारी गरेका हुन् । 
     
    खबरदारी सभामा सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने भन्दै नेताहरूले चुनौती दिएका छन् । अब देउवाबाट न्याय सम्भव नदेखिएकाले ७७ वटै जिल्लामा उम्मेदवार उठाएर जाने वा चुनाव बहिस्कार गर्ने विकल्पमा छलफल सुरु भएको भेलाका अध्यक्ष जगदीश नरसिंह केसीले बताउनुभयो । उहाँले ४० प्रतिशतको नजिर सभापति देउवाले नै बसालेकाले  सम्मानजनक रुपमा टिकट नपाए आफूहरूले टिकट नलिई बाहिरबाटै समर्थन गर्ने दाबी गर्नुभयो। 
     
    नेता गुरुराज घिमिरेले पहिलो चरणमा विनम्रतापूर्वक आग्रह गरिएको र त्यसले नपुगेर आक्रोशको रूपमा खबरदारी सभा गरिएको भन्दै अब विद्रोह हुने बताउनुभयो । घिमिरेले गठबन्धनका अन्य दललाई पनि टाउको जोड्दैमा चुनाव नजितिने भन्दै होस् पुर्‍याउन चेतावनी दिनुभयो ।
     
    आजको खबरदारी सभाका सञ्चालक कांग्रेस युवा नेता डिल्लीराम सुवेदीले दोस्रो चरणको आन्दोलनका बारेमा छलफल भइरहेको र संसदीय बोर्डको बैठक जहाँ बस्छ त्यहाँ हजारौँ कार्यकर्ता गएर घेराबन्दी गर्नेबारे नेताहरूबीच छलफल चलिरहेको बताउनुभयो ।
     
    शेखर पक्षले १६ गते अगाडि नै कार्यदल बनाएर समानुपातिकको सूची सच्याउनुपर्ने सर्त सभापति शेरबहादुर देउवा समक्ष राखेको छ ।
     
    नेता भुपेन्द्रजंग शाहीले केन्द्रीय समितिमा १ सय ६७ जनाको बहुमतले कहीँ नहुने भन्दै केन्द्रीय सदस्यको भोटको अधिकार र जनताको भोटको अधिकार बराबर भएको बताउनुभयो । 
     
    खबरदारी सभामा बोल्दै युवा नेता मनोजमणि आचार्यले पार्टीभित्र न्याय हराएको भन्दै ४० प्रतिशत जसरी पनि चाहिने जिकिर गर्नुभयो।
    नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज तामझामका साथ ‘खबरदारी’सभा गर्ने जनाएको थियो । 
     
    तर, भेलामा शेखर समूहकै शीर्ष नेता आज उपस्थित भएका थिएनन् । समूहका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी लगायतका समूहका शीर्ष नेता नै खबरदारी सभामा आउनु भएको थिएन । 

    कांग्रेसभित्रको यो चुनावी झगडाको असर चुनावी तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरूलाई समेत पर्ने भएको छ । कांग्रेसभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि बढेको अवस्थामा अन्य दलले टिकट पाएको ठाउँमा कांग्रेस कार्यकर्ता चुनावी अभियानमा नखटिने सम्भावना छ । कांग्रेसको मत थपथाप हुँदा चुनाव जित्ने हिसाब–किताब गरेर उम्मेदवार भएका गठबन्धनमा रहेका अरू दलहरूलाई त्यसले प्रत्यक्ष असर गर्नेछ । 

    गठबन्धनमा रहेका दलहरूले पाएको सिटमा जित हासिल गर्नको लागि पनि कांग्रेसभित्रको अन्तरकलह साम्य पार्नुपर्ने चुनौती गठबन्धनमा थपिएको छ ।

     


    शनिवार, आश्विन ८ २०७९०८:०४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij