Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेसँग तालमेल समयको माग हो : अनिल झा

एमालेसँग तालमेल समयको माग हो : अनिल झा

'कांग्रेसले न्युनतम राजनीतिक धर्मसमेत निर्वाह गरेन'
  • शनिवार, आश्विन ८ २०७९

  • 1.1K
    SHARES

  • एमालेसँग तालमेल समयको माग हो :  अनिल झा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झाले आसन्न निर्वाचनमा नेकपा एमालेसँगको तालमेल आवश्यक रहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले मंसिर ४ गते हुन लागेको निर्वाचनमा एमालेलाई पनि सहकार्य गर्नुपर्छ भन्ने लागिरहेको र आफूहरुलाई पनि आवश्यकता र समयको मागका आधारमा तालमेल गर्नपर्छ भन्ने लागेरै तालमेलको निश्कर्षमा पुगेको स्पष्ट पार्नुभयो ।

    नेपाली कांगे्रसले न्युनतम राजनीतिक धर्मसमेत निर्वाह नगरेर गैरजिम्मेवार व्यवहार देखाएको पनि नेता झाको आरोप छ । पार्टीमा आफूले पटक–पटक कांग्रेसलाई विश्वास गर्न हुन्न, तालमेलको कुरा अगाडि बढाउनु हुन्न भनेर भनिरहेको स्मरण गराउँदै नेता झाले काँग्रेसप्रति विश्वस्त हुनु गलत भएको दाबी गर्नुभयो ।

    लोसपाले एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न समिति समेत बनाएको छ । राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।


    शनिवार, आश्विन ८ २०७९०७:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij