Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसले माग्यो घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव

कांग्रेसले माग्यो घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव

  • शुक्रवार, आश्विन ७ २०७९

  • 447
    SHARES

  • कांग्रेसले माग्यो घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव

    काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ ।

    शुक्रवार सूचना प्रकाशित गर्दै कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव मागेको हो ।

    यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र भनेर हाइटेक प्रविधिमार्फत कांग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ह्वाट्स एप, भाइबर, इमो, आफ्नो आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्विटर, फेसबुकबाट सुझाव पठाउन सकिने छ ।

    कांग्रेसले विविध माध्यमबाट प्राप्त जनभावनालाई समितिको अलग टिमले संग्रह गरेर उपयुक्त सुझावहरू घोषणापत्रमा समेट्ने जनाएको छ ।


    शुक्रवार, आश्विन ७ २०७९०७:१८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij