काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानलाई धुजा धुजा पार्ने र राष्ट्रिय एकतालाई कमजोर गर्ने काम गरेको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहमहामन्त्री मन्सुरले आफैले बनाएको संविधान राष्ट्रपतिले च्यात्ने काम गरेको दाबी गर्नुभएको छ । राष्ट्रपति नेपाल सरकारको सल्लाहमा हिँड्नु पर्नेमा बाहिरको सल्लाहमा हिँडेको उहाँको आरोप थियो ।
राष्ट्रपति भण्डारीको असंवैधानिक कदमले राष्ट्रपति जस्तो गरिमामय संस्थाप्रति जनता सडकमा उत्रिएको बताउँदै उहाँले अब गठबन्धन र सरकारले संवैधानिक बाटोको पहिचान गरेर अगाडि बढ्ने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले कांग्रेसले सबै दललाई मिलाएर जाने क्रममा समानुपातिक तर्फमा केही शिर्षस्तरका नेताहरू पनि सिफारिस भएको बताउनुभयो ।