काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा १ सय ३१ वटा मुद्दा दायर गरेको छ ।
आज वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारले अदालतमा दर्ता गरेका मुद्दामध्ये सबैभन्दा बढी सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी रहेको जनाएको छ ।
सम्पत्ति हानि नोक्सानीका ३५ वटा मुद्दा, गैरकानुनी लाभ वा हानि पु¥याएको सम्बन्धी मुद्दा ३४ वटा छन् ।
यस्तै, घूससँग सम्बन्धित मुद्दाको संख्या ३२, झूठा शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित मुद्दा ६, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी ७, राजस्व चुहावटसम्बन्धी ५ र विविधसम्बन्धी १२ वटा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।