Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पाँच बजेभित्र बन्दसूची पेस गरिसक्न आयोगको आग्रह

पाँच बजेभित्र बन्दसूची पेस गरिसक्न आयोगको आग्रह

  • सोमवार, आश्विन ३ २०७९

  • 817
    SHARES

  • पाँच बजेभित्र बन्दसूची पेस गरिसक्न आयोगको आग्रह
    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समानुपातिकतर्फको बन्दसूची सकेसम्म सोमबार(आज) नै बुझाइसक्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
     
    प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरूले आज साँझ ५ बजेभित्र आयोग परिसर भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाए राम्रो हुने बताउनुभयो। 
     
    आयोग परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो
     
    उहाँले राजनीतिक दलहरूले आज नै सूची बुझाउन नसके भोलि बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो। गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरूले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उहाँको भनाइ थियो।
     
    निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि हिजो र आज दुई दिनको समय दिएको थियो। 
     
    निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरूलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नाम सच्याउनका लागि पत्राचार गर्ने र १६ गतेभित्र सच्याएर ल्याउन समय दिनेछ।
     
    त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो। उहाँका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ। सार्वजनिक भएका नामावली अनुसार दलहरूले ल्याएको मत परिणामको आधारमा उम्मेदवार निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ। 
     


    सोमवार, आश्विन ३ २०७९०४:०४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij