काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले देशको हित र जनताको उन्नतिभन्दा ठूलो अर्को कुनै लक्ष्य हुन नसक्ने बताउनु भएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को सुखद् अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्रुभएको हो ।
‘नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता‚अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक छ।
’ राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा भनिएको छ, ‘देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन। यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु।’