Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कान्तिपुर टिभीका कर्मचारीले सुरु गरे व्यवस्थापनविरुद्ध आन्दोलन

कान्तिपुर टिभीका कर्मचारीले सुरु गरे व्यवस्थापनविरुद्ध आन्दोलन

  • मंगलवार, भाद्र १६ २०७७

  • 1.5K
    SHARES

  • कान्तिपुर टिभीका कर्मचारीले सुरु गरे व्यवस्थापनविरुद्ध आन्दोलन

    काठमाडौं । कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीलाई गैरकानुनी रुपमा निकाल्न थालेपछि कान्तिपुर टेलिभिजन कर्मचारी संघले व्यवस्थापनविरुद्ध आन्दोलन सुरु गरेको छ ।

    कान्तिपुर टेलिभिजन कर्मचारी संघले आज ११ बुँदे माग राख्दै आन्दोलन सुरु गरेको हो ।

    कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको सो टेलिभिजनले गैरकानुनी रुपमा कर्मचारी निकाल्ने, श्रमजीवी ऐन लागु नगर्ने तथा सरकारले जारी गरेको निर्देशिकासमेत पालना नगरेको भन्दै कर्मचारी संघ आन्दोलनमा उत्रिएको हो ।

    टेलिभिजनको काममा खटिएका ४० भन्दा बढी श्रमजीवी पत्रकारलाई व्यवस्थापनले निकाल्ने धम्की दिएको कर्मचारी संघले जनाएको छ ।

    यसअघि पनि संघले विज्ञप्ति जारी गर्दै कान्तिपुर मिडिया ग्रुप तथा टेलिभिजन व्यवस्थापनसँग अन्यायपूर्ण रुपमा जागिरबाट निकालिएका पत्रकार तथा कर्मचारीलाई पुर्नवहाली गर्न माग गरेको थियो ।

    व्यवस्थापनले भने संघले राखेको माग पूरा नगरी उल्टै थप श्रमजीवी पत्रकार निकाल्न थालेपछि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको संघकी अध्यक्ष निर्मला बस्नेतले बताउनुभयो ।

    ‘जबरजस्ती कामबाट निकालिएका श्रमजीवी पत्रकारलाई तत्काल पुर्नवहाली गर्न, संघका माग कार्यान्वयन गर्न, श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न माग हामी माग गर्दछौं’, संघकी अध्यक्ष बस्नेतद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

    कान्तिपुर टेलिभिजन कर्मचारी संघका कार्यवाहक महासचिव राजन तामाङ, केन्द्रीय सदस्य प्रकाश थापा र रवीन्द्रध्वज शाहलाई कामबाट निकालिएको तथा अन्य कर्मचारीलाई काम छाड्न दावाब दिइएको संघको दाबी छ ।

     

     


    मंगलवार, भाद्र १६ २०७७१२:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij