Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

परमादेशबाट सरकार लिनेबेला भएका सेटिङबारे पोल खुलिरहेको छ : ओली

परमादेशबाट सरकार लिनेबेला भएका सेटिङबारे पोल खुलिरहेको छ : ओली

  • शनिवार, आश्विन १ २०७९

  • 543
    SHARES

  • परमादेशबाट सरकार लिनेबेला भएका सेटिङबारे पोल खुलिरहेको छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।

    शनिबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताउनुभयो।
    ‘निर्वाचन शान्तिपूर्ण, निर्भय, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गरिनुपर्छ । यो निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगलाई म आग्रह गर्न चाहन्छु– निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस्, आफ्नो स्वतन्त्र हैसियत र स्वतन्त्र भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाओस् ’ ओलीले भन्नुभयो ।

    उहाँले निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई पनि आग्रह गर्नुभयो।यसअघि स्थानीय तह निर्वाचनमा सरकारले शक्तिको दुरुपयोग गरेको ओलीले आरोप लगाउनुभयो।

    ‘गएको स्थानीय तह निर्वाचनमा सत्तापक्षीय भूमिका, सत्ताको दुरुपयोग, अनेक प्रकारले सत्ताको दुरुपयोग जस्ता कुराहरु नराम्ररी प्रकट भए, प्रहरी प्रशासन, राज्य संयन्त्रको विभिन्न ढंगले दुरुपयोग गर्ने काम भए’ उहाँले भन्नुभयो।

    यस्तै ओलीले संसदले सरकार बनाउन पाउने संवैधानिक अधिकार खोसेर परमादेश जारी भएको कुरा आपसमै पोल खोलाखोल भइसकेको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवालाई संसदबाटै जवाफ फर्काउनु भएको छ ।

    अध्यक्ष ओलीले परमादेशबाट सरकार लिनेबेला के के सेटिङ भएका थिए भन्ने पोल खुलिरहेको पनि बताउनुभयो।

     


    शनिवार, आश्विन १ २०७९०४:२५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij