Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशलाई पुरुष क्रिकेटमा कास्य पदक

सुदूरपश्चिम प्रदेशलाई पुरुष क्रिकेटमा कास्य पदक

  • शुक्रवार, भाद्र ३१ २०७९

  • 345
    SHARES

  • सुदूरपश्चिम प्रदेशलाई पुरुष क्रिकेटमा कास्य पदक

    काठमाडौं । सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा कास्य पदक जितेको छ ।

    शुक्रबार बिहान खेल वर्षाका कारण खेल्न सम्भव नभए पछि टस गरेर निर्णय लिँदा सुदूरपश्चिमले कास्य जित्यो । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमी विरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्ने निर्णय लिएको थियो । त्यसपछि वर्षाले खेल हुन सकेन ।

    खेल हुन नसके पश्चात पुनः भएको टसमा सुदूरपश्चिम प्रदेशले एनआरएनए स्पोर्टस एकेडेमी विरुद्ध टस जितेपछि पदक जित्यो । सुदूरपश्चिमले जितका साथ कास्य पदक जितेको छ । एनआरएनए चौथो स्थान प्राप्त गर्‍यो ।

    आज नै स्वर्णका लागि विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


    शुक्रवार, भाद्र ३१ २०७९०२:०४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij