Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै

महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै

  • बुधवार, भाद्र २९ २०७९

  • 458
    SHARES

  • महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै
    काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का लन्डन जानुहुने भएको छ । 
     
    आगामी असोज ३ गते लन्डनमै हुन लागेको महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा मन्त्री खड्का जान लागेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । महारानीको यही भदौ २३ मा मृत्यु भएको थियो ।
     
    नेपालको पहिलो दैत्य सम्बन्ध कायम भएको मुलुक बेलायतकी महारानीको निधन भएपछि नेपाल सरकारले शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाएको थियो । 
     
    ७१ बर्ष शासन गरेकी महारानी इतिहासमै लामो समय शासन गर्ने शासकमा पर्नुहुन्छ । महारानीको निधन भएसँगै उहाँका उत्तराधिकारी चाल्र्स तृतीयले गद्दी सम्हाल्नुभएको छ ।
     


    बुधवार, भाद्र २९ २०७९०४:४६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij