काठमाडौं । राष्ट्रिय सभाले दुइटा विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।
राष्ट्रिय सभाको आज बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
दुवै विधेयकलाई सो समितिमा दफाबार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बैठकमा पेस गर्नुभएको थियो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ ३० गते बिहीबार अपरान्ह २ बजेर ५९ मिनेटमा बस्ने गरी बोलाइएको छ।