Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली को भ्रमणप्रति भारत अमेरिकाको चासो, चीन,भारत अमेरिकाप्रति शसंकित (खास खबर)

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली को भ्रमणप्रति भारत अमेरिकाको चासो, चीन,भारत अमेरिकाप्रति शसंकित (खास खबर)

  • मंगलवार, भाद्र २८ २०७९

  • 597
    SHARES

  • चिनियाँ जनकंग्रेसका अध्यक्ष ली को भ्रमणप्रति भारत अमेरिकाको चासो, चीन,भारत अमेरिकाप्रति शसंकित (खास खबर)

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको दौडाहाले नेपाली राजनीतिक वृत्तमा कस्तो असर पार्ला ? पछिल्लो समय नेपाल–चीन सम्बन्धमा आएको तिक्ततालाई मेटाउला ? आसन्न संघ र प्रदेशको निर्वाचनसँग यो भ्रमणको केही उद्देश्य छ की ? यी यावत् प्रश्न विभिन्न पार्टी, चिया पसल, व्यक्तिका मुखमा झुण्डिएका छन् । हुन पनि हो, चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियतामा रहेका नेताको नेपाल भ्रमणलाई नेपालले मात्रै होइन, भारत अमेरिकालगायतका मुलुकले पनि चाँसोका रुपमा हेरेका छन् । चीन नेपालको असल र सहयोगी मित्र पनि हो । नेपालले पनि चीन, भारत, अमेरिकालगायतका मुलुकसँग समान सम्बन्ध राख्न जरुरी पनि छ । पछिल्लो समय अमेरिकाको बढ्दो चलखेलले चीन पनि सक्रिय देखिएको छ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठका अनुसार नेपालले आफ्नो विश्वसनियता सबै मुलुकसँग राख्न सक्नुपर्दछ ।

    चान्सुले अहिलेसम्म सभामुख, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री गणेश तिमिल्सिनालगायतसँग औपचारिक भेटवार्ता गर्नुभएको छ । यो भेटले दुवै देशको सम्बन्धमा थप निखारता ल्याउने अपेक्षा लिइएको छ । परराष्ट्रविद श्रेष्ठले नेपालको राजनीतिमा आआफ्नो विचार मिल्ने देशहरुले यहाँका पार्टीलाई सुरक्षित गर्नु स्वभाविक रहेपनि दलहरुले अस्वभाविक गतिविधि गर्न नहुनेमा जोड दिनुभयो ।

    पछिल्लो समय नेपाली व्यापारीका सामान चीनको नाकामा अलपत्र छन् । सोही विषयमा पनि चान्सुले चाँसो राखेर तत्कालै सामान पठाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल–चीनबीचको धार्मिक, सांस्कृतिक महत्व परापूर्वकाल देखिनै रहिआएको छ । नेपालसँग सीमा जोडिएको चीनले यहाँ हुने गतिविधिमा प्रत्यक्ष निगरानी राख्नु स्वभाविक मान्न सकिन्छ तर नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र आफ्नो असंलग्न परराष्ट्र नीतिलाई अंगिकार गरेर मात्रै अगाडि बढ्नु आवश्यक छ । आजको भेटमा उपस्थित माओवादी केन्द्रका नेता राम कार्कीका अनुसार अमेरिकाको बढ्दो सक्रियताप्रति चीन चिन्तित भएको संकेत बुझन् सकिन्थ्यो । भेटमा चिनियाँ नाका खुलाउने र आयात निर्यात सहज पार्ने विषयमा पनि छलफल भएको थियो ।।

    मुलुकमा भइरहने राजनीतिक परिवर्तनमा मुख्यतया भारतको बढी चाँसो रहँदै आएको पाइन्छ । पछिल्लो समय अमेरिकी परियोजना एमसीसी संसदबाटै पारित गरेर लागू भएपछि चीन समेत सक्रिय देखिएको छ । सार्वभौमसत्ता सम्पन्न मुलुकमा राजनीतिक स्वार्थका लागि गरिने निर्णयहरुमा जनताको खबरदारी रहन आवश्यक छ । यतिमात्र होइन मुलुकको विकास गर्न पात्र होइन प्रवृत्ति सुध्रिन आवश्यक छ । जसको ज्वलन्त उदाहरण स्वर्गीय बेलायती महारानी एलिजाबेथ हुन् । एक महिला र संस्थालाई सबैले मान्दा अहिले त्यहाँको विकास र परिवर्तनलाई सबैले आत्मसात गर्नैपर्छ ।

     


    मंगलवार, भाद्र २८ २०७९०७:३८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij