Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

निहारिकाको बच्चा र आरोपीको डीएनए नमूना संकलन, निहारिका भन्छिन्ः रिपोर्ट वास्तविक आउनेमै सङ्का छ

निहारिकाको बच्चा र आरोपीको डीएनए नमूना संकलन, निहारिका भन्छिन्ः रिपोर्ट वास्तविक आउनेमै सङ्का छ

  • आइतवार, भाद्र २६ २०७९

  • 738
    SHARES

  • निहारिकाको बच्चा र आरोपीको डीएनए नमूना संकलन, निहारिका भन्छिन्ः रिपोर्ट वास्तविक आउनेमै सङ्का छ

    काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्टको लागि नमूना संकलन गरिएको छ । आज खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा एकैपटक दुवैको नमूना लिइएको हो ।

    आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै निहारिकाले लामो समयदेखि विभिन्न संघर्ष गर्दै आएकी थिइन् । उनको मागबमोजिम केही दिनअघि जनकपुर उच्च अदालतले डीएनए परीक्षणका लागि आदेश दिएको थियो ।

    आज डीएनए टेस्टका लागि निहारिका बच्चा लिएर खुमलटार पुगेकी थिइन् । प्रहरीले आरोपी शिवराजलाई पनि उपस्थित गराएको थियो । बच्चा र शिवराजको थुक र रगत डीएनए परीक्षणका लागि संकलन गरिएको छ । प्रहरीका अनुसार डीएनए परीक्षणको रिपोर्ट आउन तीन साता लाग्छ ।

    निहारिकाले भने डीएनए परीक्षणको रिपोर्ट वास्तविक आउनेमै शंसय व्यक्त गरेकी छन् । यदि रिपोर्टमा कुनै गडबडी गरिएको खण्डमा आफूले अर्को संघर्ष सुरु गर्ने उनले बताइन् ।

    ‘एउटी आमालाई थाहा हुन्छ, आफ्नो बच्चाको बाबु को हो भन्ने । यदि डीएनए परीक्षणमा कुनै चलखेल गरियो भने म मेरो मुद्दालाई अन्तर्राष्ट्रीयकरण गर्नेछु,’ उनले भनिन् ।


    आइतवार, भाद्र २६ २०७९०८:३०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij