Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अल्मुताइरीले छाडे नेपाली राष्ट्रिय टिम

अल्मुताइरीले छाडे नेपाली राष्ट्रिय टिम

  • आइतवार, भाद्र २६ २०७९

  • 433
    SHARES

  • अल्मुताइरीले छाडे नेपाली राष्ट्रिय टिम

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार आफ्नो पद छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जालको माध्यमबाट प्रशिक्षक पद छाडेको घोषणा गरेका कुवेती अल्मुताइरीले राष्ट्रिय टिम सम्हालेको ५ सय २५ दिनपछि आफू अलग भएको बताएका छन् ।

    उनले थपेका छन्, ‘मलाई समर्थन गर्नु हुने सबैलाई धन्यवाद १ यो यात्रा उत्साह, खुसी, दुस्ख र पीडासहितको रह्यो ।’ सन् २०२१ को मे २९ मा इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपाली टिम सम्हालेका अल्मुताइरीको नेतृत्वमा नेपालले अन्तिम पटक यसै वर्षको जुन १४ मा एसियाकप छनोटमा इन्डोनेसियाविरुद्ध खेलेको थियो ।

    उनको कार्यकाल भने विवादबाट मुक्त रहेन । सुरुमा अखिल नेपाल फुटबल संघ ९एन्फा० का केही पदाधिकारीसँग मतभेदमा उत्रेका अल्मुताइरीको विरोधमा केही खेलाडीले विद्रोह गर्दै राष्ट्रिय टिमको प्रशिक्षण नै छाडेका थिए । उनको नेतृत्वमा नेपालले १७ खेल खेलेको छ ।


    आइतवार, भाद्र २६ २०७९०८:२४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij