काठमाडौं । आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सरेको छ।
आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालका अनुसार ‘विशेष कारणवश’ बैठक स्थगित भएको हो।
अर्को बैठक भदौ २९ गते बुधबार बिहान १०ः५९ मा बस्ने फुयालले जानकारी दिनुभएको छ ।
शनिबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ।