Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानसेनापति शर्माको निर्देशन -निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन विशेष भूमिका खेल्नुस्

प्रधानसेनापति शर्माको निर्देशन -निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन विशेष भूमिका खेल्नुस्

  • आइतवार, भाद्र २६ २०७९

  • 564
    SHARES

  • प्रधानसेनापति शर्माको निर्देशन -निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन विशेष भूमिका खेल्नुस्

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सैनिक अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

    आफूले प्रधान सेनापतिका रूपमा कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज बिहान विशेष सम्बोधन गर्दै उहाँले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षालगायत अन्य सबै संवैधानिक जिम्मेवारी कुशलापूर्वक निर्वाह गर्न निर्देशन दिनुभएको हो ।

    विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नुपर्ने भन्दै उहाँले राष्ट्रिय हितको संरक्षण तथा प्रबद्र्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन पनि निर्देशन दिनुभयो । उहाँले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने उल्लेख गर्नुभयो ।

    प्रधानसेनापति शर्माले नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रविन्दु भएको उल्लेख गर्नुभयो । उहाँले राज्यमा उत्पन्न संकट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेशागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको बताउनुभएको छ ।
    उहाँले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सेनाले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरू र प्राप्त उपलब्धिहरूको समीक्षा गर्नुभएको थियो ।


    आइतवार, भाद्र २६ २०७९१२:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij