Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात हुन्छ : ऊर्जामन्त्री भुसाल

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात हुन्छ : ऊर्जामन्त्री भुसाल

  • शनिवार, भाद्र २५ २०७९

  • 545
    SHARES

  • बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात हुन्छ : ऊर्जामन्त्री भुसाल

    काठमाडौं।ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताउनु भएको छ।

    आज चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताउनु भएको हो । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

    “हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भन्नुभयो, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।”

    ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै उहाँले घरायासी प्रयोजनका लागि मूल्य घटाइएको छ भने कृषि र सिँचाईमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिनुभयो।

    फरक प्रसङ्गमा उहाँले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुङ्ग्याइने बताउनु भएको छ।

     


    शनिवार, भाद्र २५ २०७९०३:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij