Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतलाई हराउँदै नेपाल साफ यू-१७ फुटबलको सेमिफाइनलमा

भारतलाई हराउँदै नेपाल साफ यू-१७ फुटबलको सेमिफाइनलमा

  • शुक्रवार, भाद्र २४ २०७९

  • 506
    SHARES

  • भारतलाई हराउँदै नेपाल साफ यू-१७ फुटबलको सेमिफाइनलमा

    काठमाडौं । भारतलाई ३-१ ले हराउँदै नेपाल साफ यू-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

    श्रीलंकाको कोलम्बो स्थित रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले गोल गरे ।

    खेलमा पहिलो गोल भने भारतले गरेको थियो । २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै नेपाललाई पछि पारेका थिए ।

    खेलको ४५ औं मिनेटमा सरोजले तथा ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।

    समूह बीमा खेलेका दुवै खेल जितेको नेपाल ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलम पुगेको छ । भारत भने ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहमा रहेको भूटान नेपाल र भारत दुवैसँग पराजित भएर बाहिरिएको छ ।


    शुक्रवार, भाद्र २४ २०७९०६:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij