Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

क्यानले सन्दीपमाथि एक्सन लिदै, अब के हुन्छ ? (खास खबर)

क्यानले सन्दीपमाथि एक्सन लिदै, अब के हुन्छ ? (खास खबर)

  • बुधवार, भाद्र २२ २०७९

  • 751
    SHARES

  • क्यानले सन्दीपमाथि एक्सन लिदै, अब के हुन्छ ? (खास खबर)

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्तीकरणीको आरोप लागेसँगै सिंगो मुलुक र अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा शुरु भएको छ । सानै उमेरमा प्रगतिपथमा लम्किरहेका लामिछानेमाथि नेपाली खेल जगतले ठूलो विश्वास र भरोसा लिएको छ ।

    त्यसैको फलस्वरुप उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान बनेका हुन् । अन्तर्राष्ट्रिय खेलमा समेत राम्रो छबि बनाएका लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदा भने उनीविरुद्ध टिकाटिप्पणी शुरु भएको छ । लामिछानेमाथि छानबिन गर्न क्यानले समेत प्रहरीलाई सघाएको छ । क्यानका महासचिव प्रशान्त मल्लले आरोपका आधारमा सबै पुष्टि नहुने भन्दै प्रहरीको अनुसन्धानमा मदत गरिरहेको बताउनुभयो ।

    सन्दीप लामिछाने भदौ ५ गते बन्द प्रशिक्षणपछि बाहिर निस्किएको पुष्टि भइसकेको छ । क्यानले नेपाली टिमका सबै सदस्यलाई सोल्टीमोडस्थित होटल हयात प्यालेसमा राखेको थियो । घटना भएको भनिएको भन्दा अघिल्लो रातसम्म सन्दीपलगायत सबै खेलाडी सोही होटलमा बसेका थिए । राष्ट्रिय क्रिकेट टिम भोलिपल्ट विदेश भ्रमणमा जाँदै थियो । विदेश भ्रमणको अघिल्लो रातभर सन्दीप होटेलमा थिएनन् ।

    त्यसो त विदेश यात्राको दुई रातअघि फुटबल खेलाडी डिस्को गएको घटना पनि पुरानो भएको छैन । उनीहरु राति डिस्को गएपछि जरिवाना र लामो समय प्रतिबन्धमा परेको घटना खेल क्षेत्रमा यदाकदा अझै चर्चाको विषय बन्छ । अनुशासनको राम्रो उदाहरणको रुपमा लिइने खेलाडीहरु बन्द प्रशिक्षणमा रहँदा टिमको म्यानेजर वा सिनियर व्यक्तिलाई जानकारी नदिईकन बाहिर जान मिल्दैन । यता, नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जबरजस्तीकरणी जघन्य अपराध भएकोले सोही अनुसार अनुसन्धान भइरहेको बताउनुभएको छ । आरोपीलाई कहिले पक्राउ गर्ने भन्ने विषयमा घटनाको प्रकृति हेरेर भन्न सकिने राईको भनाइ छ ।

    खेलाडी राष्ट्रका गहना हुन्, उनीहरुको नामले देश चिनिएको हुन्छ । नेताहरु बिरलै चिनिन्छन् तर खेलाडी र कलाकारलाई अधिकांशले चिनेका हुन्छन् । बलात्कारको आरोप लागेपछि छानबिनको दायरामा आउनु स्वभाविक भएपनि गोपनीयता सबैको बराबर हुन आवश्यक छ की ?

     


    बुधवार, भाद्र २२ २०७९०८:५८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij