Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

  • बुधवार, भाद्र २२ २०७९

  • 862
    SHARES

  • मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियाली विकास बैंकको बोर्ड अफ गभर्नरको ५५ औं बार्षिक बैठकमा सहभागी हुनुहुने भएको छ ।

    गत भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

    बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनएकीकरणसम्बन्धि आयोजना संचालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको बताउनुभयो।

    त्यसैगरी निजीकरण समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णलाल महर्जनलाई मनोनित गर्ने निर्णय पनि गरिएको छ ।

    मन्त्री कार्कीका अनुसार सरकारले नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि वार्ता टोली पनि गठन गरेको छ ।


    बुधवार, भाद्र २२ २०७९०७:००:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij