Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा कार्यदलको बैठक सुरु

बालुवाटारमा कार्यदलको बैठक सुरु

  • बुधवार, भाद्र २२ २०७९

  • 551
    SHARES

  • बालुवाटारमा कार्यदलको बैठक सुरु

    काठमाडौं । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको बैठक सुरु भएको छ । आजको बैठकलाई निर्णायक भनिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् । बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।

    तर कार्यदलमा सिट संख्यामा भागबण्डा कसलाई कति भनेर प्रस्ट भैनसकेपनि भएका सहमतिलाई समेटेर प्रतिवेदन बनाउने तयारी छ ।

    बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ मध्ये आधा संख्यामा सहमति भएको नेताहरुले बताएका थिए । मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    तर कार्यदलमा दलका नेताहरुले कसले कति सिट लिनेदिने भन्ने ठोस बटमलाइन नबनाएकाले र छलफल समेत त्यो ढंगले नभएकाले भागबण्डा मिलाउन पुनः शीर्ष नेतालाई नै जिम्मा दिने तयारी भएको बुझिएको छ ।


    बुधवार, भाद्र २२ २०७९०५:४८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij