Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ फास्ट ट्र्याकमा गर्ने तयारी

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ फास्ट ट्र्याकमा गर्ने तयारी

  • बुधवार, भाद्र २२ २०७९

  • 377
    SHARES

  • प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ फास्ट ट्र्याकमा गर्ने तयारी

    काठमाडौं । सत्तारुढ दलहरुले सर्वोच्च अदालतका तीन प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ फास्ट ट्र्याकमा गर्ने तयारी गरेका छन् ।

    न्याय परिषद्ले मंगलबार मात्र सर्वोच्चको न्यायाधीशमा उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित, न्यायाधीश विनोद शर्मा गौतम र नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीको नाम सिफारिस गरेको थियो । नियुक्ति सिफारिसको पत्र संसदीय सुनुवाइ समिति आइपुगेको छ ।

    अब समितिको बैठक बसेर बिरोधका लागि १० दिने सूचना निकाल्नुपर्ने कार्यबिधिमा उल्लेख छ । तर यो कार्यबिधी छोट्याएर फास्ट ट्याकमा सुनुवाइ गर्ने सत्तारुढ दलहरुको तयारी छ ।

    कार्यविधिमा संशोधनका लागि दलीय सहमति नजुटे संसदको कार्यालय सकिएर सुनुवाइ हुन सक्दैन । एउटा बैठक सुनुवाइ समितिको बसेर ४५ दिनसम्म अनुमोदन नभए स्वतः नियुक्ति गर्न सक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।


    बुधवार, भाद्र २२ २०७९०३:४४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij