Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुआत  

पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुआत  

  • बुधवार, भाद्र २२ २०७९

  • 426
    SHARES

  • पाकिस्तानलाई हराउँदै भारतको विजयी सुरुआत  

    काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार (आज) भएको खेलमा पाकिस्तानलाई ३-० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो  । भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो ।

    खेलको २१ औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १-० को अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाईन्। त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३-० को जित दिलाईन्

    यस जितसँगै समूह 'ए' को भारतले पहिलो खेलमै ३ अंक जोडेको छ । पाकिस्तानले भन हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगिता अन्तर्गत नै आज हुने अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । बंगलादेश र माल्दिभ्सबीचको खेल ५ः३० बजे सुरु हुनेछ ।

    प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । 

    यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।


    बुधवार, भाद्र २२ २०७९०३:१०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij